धादिङको हुग्दीखोलामा सवारी दुर्घटना, २० जना घाइते

186 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको हुग्दीखोलामा सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् । जसमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ । बेनिघाट रोराङ ९ हुग्दीखोलास्थित पृथ्वी लोकमार्गमा तुल्सिपुरबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस आज शनिबार बिहान ४ः४५ बजे आफै अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिन जाँदा बसमा सवार घाइते भएका प्रहरी चौकी जोगिमाराले जनाएको छ ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।