कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्छ : प्रकाशमान सिंह

151 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताउनुभएको छ ।

आज काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १, क्षेत्रिय सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताउनुभयो ।

उहाँले पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्ने बताउनुभयो । नेता सिंहले कांग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताउनुभयो ।

नेता सिंहले कांग्रेस अहिले पनि कमजोर नरहेको जिकिर गर्नुभयो । उहाँले कांग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको माग अनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताउनुभयो ।