चलचित्र ‘दान्भी’मा पूजा शर्माको फरक रुप

115 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली चलचित्र ‘दान्भी’मा नायिका पूजा शर्मा नयाँ लुक्समा देखिएकी छिन् । क्लाइमेक्सका दृश्यका तस्बिर सार्वजनिक भएको छ । यो सिनेमाको अहिले क्लाइमेक्सका दृश्य खिच्ने काम भइरहेको निर्माण पक्षले जनाएको छ ।

काठमाडौंको नैकापमा लगाइएको सेटमा नायिका पूजा शर्माको एक्सनको दृश्य खिच्ने काम भइरहेको छ । ‘दान्भी’का निर्देशक रुपेश तामाङ हुन् । फिल्म ‘दान्भी’को क्लाइमेक्समा सयजना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले जानकारी दिए ।

चलचित्रमा पूजाको को–एक्टरका रुपमा कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । चलचित्रको कथा रविना थापा मगरले लेखेकी हुन् । पटकथा तथा संवाद संजोग रानाको छ ।