कांग्रेसको लक्ष्य आर्थिक समृद्धि र नागरिकलाई सम्पन्न बनाउनु हो : प्रकाशशरण महत

71 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि र नागरिकलाई सम्पन्न बनाउनु भएको बताउनुभएको छ ।

आज शनिबार कांग्रेसमा आयोजित एक कार्यक्रममा उहाँले संगठित रूपमा लागेर भ्रमपूर्ण र झुटा कुराको प्रचार गरेर सत्यलाई असत्य साबित गराउने खतरा विद्यमान रहेको औंल्याउनुभयो । सरकारले गरेका सही कुराको प्रचार गर्नुपर्नेमा उहाँको जोड छ ।

नयाँ पार्टीहरूले गरेका साना कुराको धेरै प्रचार हुने र कांग्रेसले गरेका धेरै महत्वपूर्ण कामको प्रचार हुन नसकेको उहाँको गुनासो छ । मन्त्री महतले सीमित साधनस्रोतका कारण सबै स्थानमा बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालादेखि नै अव्यवस्थित बजेट विनियोजन गर्दा अहिले समस्या देखिएको तर्क उहाँको तर्क छ ।