पर्सामा कार्यरत एसपी थपलियाको निधन
221 पटक पढिएको
काठमाडौं। पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ। आज बिहान साइकल चढेर आँफै कार्यालय पुगेका थपलियाको हृदयाघातका कारण निधन भएको जनाइएको छ ।
कार्यालय पुग्नासाथ थपलियालाई एक्कासि हृदयाघात भएको थियो, त्यसपछी थपलियाको १५ मिनेटसम्म होस आएको थिएन। बेहोस भएकै बेला थपलियाको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनु भयो ।







