राम्रा काम गर्दा केही प्रतिपक्षी दलहरु चिढिएको माओवादी नेता पुनको दाबी

376 पटक पढिएको

२ भाद्र २०८०, शनिबार २०:२० सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले राम्रा काम गर्दा केही सत्तारुढ दलसहित प्रतिपक्षी दलहरु चिढिएको दाबी गर्नुभएको छ ।

काठमाण्डौमा पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा पुनले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण प्रचण्ड नेतृत्वको सरकारलाई नागरिकले मन पराएको तर केही सत्तारुढ र प्रतिपक्षी दल भने चिढिएको बताउनुभयो।

ललिता निवासको सरकारी जग्गा हिनाहिना प्रकरणको छानबिन अघि बढ्दै गरेका बेला एमालेले बहुमत जुटाउन प्रयास गरेको तर, तत्काल सत्तारुढ दलका शीर्ष नेता बसेर त्यस्तो प्रयास विफल पारिएको समेत पुनले दाबी गर्नुभयो ।