बनस्थलीमा भएको दुर्घटनामा बाबुआमाको मृत्यु, छोरी घाइते

100 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । काठमाडौंको बनस्थलीमा आइतबार बिहान बसको ठक्करबाट बाबुआमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् । बनस्थलीको अन्नपूर्ण चोकमा बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको दरौंदी यातायातको बसले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर भएकी ३२ वर्षीय अनिता थापा र उनका श्रीमान रामकुमार भारतीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्दाजी १० वर्षकी बालिका घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको र स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि धादिङको गंगाजमुना गाउँपालिका–७ घर भएका बस चालक ४१ वर्षीय दानबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।