प्रचण्ड भन्छन्– मलाई कलाकार बन्ने इच्छा थियो

147 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कलाकार बन्ने इच्छाद्वारा प्रेरित बनेको बताउनुभएको छ । हिजो शनिबार गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ कार्यक्रमको अन्तिम प्रतिष्पर्धा हेर्न ललितपुरको गोदावरी पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आफू जमानामा कलाकार हुने इच्छाबाट प्रेरित भएको भन्दै अहिले प्रधानमन्त्री बन्दा पनि कला र संस्कृतिलाई सक्दो सहयोग गरिरहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग सम्बन्धित हुने भन्दै कला धेरै नै शक्तिशाली हुने बताउनुभयो । उहाँले कलाले मानिसलाई जोड्न र एकतालाई सुदृढ बनाउँदै आफ्नो पहिचानलाई विश्वव्यापीरुपमा स्थापित गर्न भुमिका खेल्ने बताउनुभयो ।
उहाँले नेपालीहरु जहाँ भएपनि नेपाली मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्न सक्नुपर्ने बताउनुभयो । प्रधनमन्त्री दाहालले यस्ता कार्यक्रमले नेपालीहरु आफ्नो मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्छन् भन्ने सन्देश विश्वभर गएको बताउनु भयो ।