एमालेले आजको संसद् बैठक चल्न देला ?

189 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न जानकारीहरु दिने कार्यसूचि रहेको छ । यस्तै, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्ने पनि कार्यसूची छ ।
यसैगरी आइतबारको बैठकमा एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन तथा सांसद सुनीलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी पनि गराउने कार्यसूची रहेको छ । गत साउन १० गते यता म्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न सकेको छैन । सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।