प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठविरुद्धको उजुरीमा भोलि सुनुवाई हुने

87 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलिदेखि सुरु हुने भएको छ ।

संसदीय सुनुवाइ समितिले भोलि उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने निर्णय गरेको हो । समितिको आइतबार बिहान बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग सोमबार बिहान साढे १० छलफल गर्ने र साढे ११ बजे प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो । गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

२३ साउनमा बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ । संसदीय समितिबाट अनुमोदन भएमा श्रेष्ठले १४ महिना सर्वोच्चको नेतृत्व गर्नुहुनेछ ।