आजको प्रतिनिधिसभाको बैठक पनि स्थगित

62 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आजको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ । अब अर्को बैठक भदौ ५ गते बस्ने भएको छ ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी मंगलबारसम्मका लागि स्थगित भएको हो।

अर्को बैठक भदौ ५ गते दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार सर्वदलिय बैठक राख्नुभएको थियो ।प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको आइतबारको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि सोमबार ४ बजे फेरि बैठक बस्ने गरी सकिएको छ ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० यता निरन्तर संसद अवरोध गरिरहेको छ।