सीआईबीले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसँग बयान लियो

110 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग बयान लिएको छ ।

सीआईबी श्रोतले दिएको जानकारी अनुसार एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपालसँग आइतबार राति बयान लिइएको हो । पूर्वप्रधानमन्त्री द्वय नेपाल र बाबुराम भट्टराइसँग बयान नलिइएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो । पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान लिने क्रम शुरु भएकाले सीआइबीले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन तत्काल सरकारी वकिलको कार्यालयनमा नबुझाउने भएको छ ।

आइतबार सीआइबीले नेपाल र भट्टराइसँग बयान नलिई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर नेपाल र भट्टराइसँग बयान लिने भएपछि प्रतिवेदन बुझाउने काम ढिला हुने भएको हो ।

काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गराउने मुख्य व्यक्तिसम्मै अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीले बयान लिने बाटो खुलेको थियो ।