सीआईबीले बाबुराम भट्टराईसँग पनि बयान लियो

174 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि बयान लिएको छ ।

सीआईबी श्रोतले दिएको जानकारी अनुसार नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका पूर्वप्रधानमन्त्री भट्टराईसँग आइतबार राति बयान लिइएको हो । माधव नेपाल र भट्टराइसँग बयान नलिइएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो ।

पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान लिने क्रम शुरु भएकाले सीआइबीले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन तत्काल सरकारी वकिलको कार्यालयनमा नबुझाउने भएको छ ।

आइतबार सीआइबीले नेपाल र भट्टराइसँग बयान नलिई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर नेपाल र भट्टराइसँग बयान लिने भएपछि प्रतिवेदन बुझाउने काम ढिला हुने भएको हो । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गराउने मुख्य व्यक्तिसम्मै अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीले बयान लिने बाटो खुलेको थियो ।