भक्तपुरको बालसुधार गृहबाट भागेका २२१ मध्ये १९४ जना पक्राउ

135 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । भक्तपुरको बालसुधार गृहबाट भागेका २ सय २१ नाबालक कैदीमध्ये १९४ जना पक्राउ परेका छन्।

आज दिउँसो डिउटीमा खटिएका सुरक्षाकर्मीहरुलाई कुटपिट गरी भागेकामध्ये १९४ जना पुनः पक्राउ परिसकेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार भागेकामध्ये काठमाडौंबाट ८७ र भक्तपुरबाट ८३ जनालाई नियन्त्रणमा लिइएको हो।

अझै नाबालक कैदी फरार रहेका ढुंगेलले जानकारी दिनुभयो । मध्यपुर थिमी नगरपालिका सानोठिमीस्थित बालसुधार गृहबाट उनीहरू भागेपछि काठमाडौं उपत्यकाभर प्रहरी परिचालन गरिएको छ भने नाकाहरूमा उच्च सतर्कता अपनाइएको छ ।