लम्पी स्किन रोग १३ लाख गाईवस्तुमा संक्रमित, ४७ हजारको मृत्यु, किसानहरु मर्कामा
298 पटक पढिएको
काठमाडौं । पाँच महिना भइसक्दा पनि किसानलाई सबैभन्दा बढी पीडा दिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार अझै सफल हुन सकेको छैन । लम्पी स्किन रोगका कारण गाईगोरु थला परेपछि किसानलाई साह्रै मर्का परेको छ।
पहिलोपटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकामा गाईमा देखापरेको लम्पी स्किन रोगको संक्रमण मुलुकभरि फैलिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पाँच महिनाको अवधिमा संक्रमित पशु संख्या १३ लाख ५ हजार ३ सय ६१ पुगेको छ ।
किसानको जीवनपद्धतिसँग गाँसिएका पशु बिरामी हुँदा पनि राज्य भने गम्भीर हुन सकेको छैन तथापी, अहिलेसम्म उपचार भएको पशुको संख्या भने १० लाख ८२ हजार १ सय ५९ पुगेको छ । हाल सक्रिय संक्रमणबाट ४७ हजार ६ सय ४९ पशुको मृत्यु भइसकेको छ ।
अधिकांश किसानको पशु बिमा नभएका कारण पनिबढी मर्कामा परेका हुन्।