धनगढीको बस दाउन्नेमा दुर्घटना, २९ जना घाइते

148 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज /५ भदौ २०८०
नवलपरासी –पूर्वी नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा परेर २९ जना घाईते भएका छन् । धनगढीबाट काठमाडौंका लागि छुटेको सु.प.प्र. ०१–००१ ख २९८६ नम्बरको बस मंगलबार विहान दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी बसमा सवार ३५ जना मध्ये २९ जना यात्रु घाइते भएका छन् । प्रनाउ पौडेलका अनुसार अचानक ब्रेक फेल भई बस सडक छेउमा पल्टन पुगेको हो । दुर्घटनामा परी घाइते हुनेहरु मध्ये ९ जनाको अवस्था मध्यम रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुको दुम्किबास स्वास्थ्य चौकी र मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।

दुर्घटनामा परी घाइते हुनेमा कैलालीका मात्रै २५ जना रहेका छन् भने बर्दियाका २ जना र रौतहटका २ जना रहेको प्रहरीले जनाएको छ । दाउन्ने क्षेत्रमा अत्याधिक दुर्घटना भई रहने गर्दछ ।