ललिता निवास प्रकरण : सीआईबीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

74 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबी०ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

आज सीआईबी रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो । सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ ।

सो जग्गा हिनामिना प्रकरणमा सीआईबीले कांग्रेस नेता एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित २ सय जना भन्दा बढीलाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ