राष्ट्रियसभाको बैठक आज बस्दै

466 पटक पढिएको

५ भाद्र २०८०, मंगलवार १२:५९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रियसभा बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको छ । बैठक यसअगाडि १ बजे बस्ने तय भएको थियो तर राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ ।

विगत एक महिनादेखि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण संघीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।