आज बस्ने प्रतिनिधिसभाको बैठक एमालेले अवरोध नगर्ने

88 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजको बैठक अवरुद्ध नगर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएको छ । सोमबार बसेको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार आज संसद्‌मा अवरोध नगर्ने एमालेले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

सोमबार राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा सहमति जुटेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।