प्रतिनिधिसभाको आजको बैठक पनि स्थ्गित

113 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बुधबारका लागि सरेको छ।

संघीय संसद सचिवालयले सूचना प्रकाशित गर्दै आज दिउँसो ३ बजेका लागि बस्ने भनिएको बैठक सभामुखले विशेष कारणले भोलि बुधबार दिउँसो ३ बजे बस्ने गरी तोकेको जनाएको छ।

दलहरूबीच सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएपनि त्यसको कार्यक्षेत्र र संरचनाको मस्यौदा टुंगिन बाँकी छ।

समितिको संरचना र कार्यक्षेत्रबारे मस्यौदा तयार पार्न नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहितको कार्यदल पनि गठन गरिएको थियो ।

कार्यदलले मस्यौदा बनाइसके पनि उच्चस्तरीय समितिको बैठक बस्न नसक्दा टुंगो लाग्न सकेको छैन। त्यसैका कारण संसद बैठक भोलिका लागि सारिएको नेताहरूको भनाई छ।