मन्त्रिपरिषद्को नियमित बैठक भोलि

61 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को नियमित बैठकलाई बुधबार बिहान नौ बजेलाई सारेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै अन्य मन्त्रीहरुको कार्यव्यस्तता कारण बैठक सारिएको एक मन्त्रीले जानकारी दिनुभयो ।

अन्य समयमा मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको थियो । अहिले नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेकाहरु उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई भेटिरहेका छन् । प्रधानमन्त्री दाहाल केही समयअघि मात्रै नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । त्यसअघि उहाँ शीर्ष नेताहरुको बैठकमा सहभागी बन्नुभएको थियो ।

तर, बैठक एजेन्डामै प्रवेश नगरि बुधबार बस्नेगरि सकिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको छैठौँ बैठक बसिरहेको छ । उक्त पार्टीको कोटाबाट बनेका मन्त्रीहरु पनि बैठकमा सहभागी छन् ।