प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ
96 पटक पढिएको
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
आज मंगलबार शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
समारोहमा उपराष्ट्रपति, रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीहरु लगायत उच्चपदस्थ कर्मचारीहरु सहभागी थिए ।
श्रेष्ठलाई राष्ट्रपति पौडेलले हिजो सोमबार नियुक्त गर्नुभएको थियो । गत साउन २० गते तत्कालिन प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा गएपछि श्रेष्ठले कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै आउनुभएको थियो ।