मन्त्री सुदन किराँतीलाई पितृ शोक

187 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको निजी सचिव डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयो । उहाँ लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

उहाँकी आमाको यसअघि नै निधन भइसकेको थियो । उहाँले लेख्नुभएको छ‘ भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि ! तस्विर : आमा, वुवा, दिदि र म – ब्रुनाई वुवाले फोटोको पछाडी लेख्नु भएको छ मिति – २०३७/११/१०’