आजको प्रतिनिधिसभाको बैठक पनि बस्ने नबस्ने अनिश्चित

202 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो ३ बजे बस्ने कार्यसूची रहेको आजको बैठक पनि बस्न्ने नबस्नेमा आशंका रहेको छ । गत साउन १० गते देखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गर्दै आएको छ।

दलहरूबीच सहमति नजुटे पनि सचिवालयले भने हरेक दिन पुरानै कार्यसूची निकालेर बैठक बोलाउँदै आएको छ। सरकार सीआईबीले छानबिन गरिरहेको भन्दै राज्यको संयन्त्रमा विश्वास गर्नुपर्ने तथा उच्चस्तरी छानबिन समिति गठन गर्न नसक्ने अडानमा छ। तर, एमाले भने समिति नबनेसम्म सदन चलाउन नदिने भन्दै बैठक अवरुद्ध गर्दै आएको छ। साउन १० गतेपछि बोलाइएको संसद् बैठक कहिले कार्यसूचीमा प्रवेश नगरी त कहिले सूचना टाँसेर स्थगन भएको छ। हिजो पनि बोलाइएको बैठक आजका लागि सारिएको हो ।