त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु -थप बिबरण आउन बाँकी
652 पटक पढिएको
काठमाडौबाट पोखराका लागि छुटेको धादिङको गजुरी र मलेखुको बिच पर्ने छहराबाट त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ । बुधबार बिहान १०:३० बजेतिर प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग बाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो ।
सडकबाट नदीमा बस खसेपछि स्थानीय बासिन्दाले प्रहरीको सहयोगमा उद्धार गरिरहेको छ ।
३० जनाको उद्धार गरि गजुरी प्राथमिक स्वास्थ्य केन्द्र मा उपचारका लागि लगिएको छ ।
उद्धारकार्य जारी रहेकोले थप विवरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।बाकीको उद्धार तथा खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार कार्य जारी रहेको छ । घाईतेहरुलाई उपचारका लागि गजुरी स्थित अस्पताल लगिएको छ ।







