त्रिशूली नदीमा बस खस्दा आठजनाको मृत्यु

83 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२, चालिसेबाट त्रिशूली नदीमा बस खस्दा आठजनाको मृत्यु भएको छ ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ः१० बजे को समयमा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताउनुभयो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस अनियन्त्रित भइ राजमार्गबाट ३०, ४० मिटर तल खसेको छ । बस काठमाडौंबाट म्याग्दीका लागि छुटेको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्दार कार्य जारी छ । घाइतेहरूको गजुरी सामुदायिक अस्पलालमा उपचारका लागि लगिएको छ ।