सर्वदलीय बैठक जारी

64 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिनिधि सभाको अवरोध अन्त्य बिषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टी लगायतका दलका नेताहरु सहभागी छन् । बैठकमा सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे छलफल हुनेछ ।

गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गरेको ६१ किलो सुन समातेको थियो । त्यसको छानविन गर्न उच्च स्तरीय आयोग गठनको माग गर्दै साउन १० यता प्रमुख प्रतिपक्षी दल एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । प्रतिनिधि सभा बैठक आज बुधबार दिउँसो ३ बजे बस्दैछ छ ।