सुन तस्करी प्रकरणमा आयोग गठन गर्ने सहमति

73 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गर्नको लागि दलहरूबीच उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । सिंहदरबारमा बसेको बैठकमा एक महिनापछि असोज ५ गते आयोग गठन गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।

कति सदस्यीय आयोग गठन गर्ने भन्ने कुरा सरकारको हातमा भएको लेखकले बताउनुभयो। यो सहमति भएसँगै अब सदन खुल्ने उहाँको भनाइ थियो ।

सुन प्रकरणमा सीआईबीको अनुसन्धान सकिएपछि एक महिनापछि मात्रै आयोग गठन गर्ने सहमति भएको हो ।

सीआईबीले आफ्नो कामलाई निरन्तरता दिनको लागि एक महिनापछि आयोग गठन गर्ने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताउनुभयो ।