छहराबाट त्रिशूलीमा बस खस्दा मृतक र घाईतेको नामसहित आठ जनाको मृत्यु,१६ जना घाईते
8742 पटक पढिएको

धादिङ,६ भदौ – बुधवार विहान धादिङको गजुरी–२ छहरा स्थित पृथ्वीरामार्गबाट त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । मृतक मध्ये २ जना महिला र ६ जना पुरुष रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १६ जना घाईते भएका छन ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा परि मृत्यु हुनेहरुमा धादिङको गजुरी गाउँपालिका–८ बस्ने २० वर्षीय सुशील रम्तेल, कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा,म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने बर्ष ५० को थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेल रहेका छन । मृतक अन्य ५ जनाको भने पहिचान खुल्न बाँकीनै रहेको छ ।
काठमाण्डौबाट पोखराका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार विहान सवा ११ बजे त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडक बाट ४० मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले बताउनुभयो ।

घाईतेहुनेहरुमा पर्वतको मोदी गाउँपालिका– १ बस्ने बर्ष ४१ को गुरुदत्त शर्मा पौडेल, बस चालक म्याग्दी बेनि नगरपालिका– ६ बस्ने बर्ष ३० को दिपक थापा, बेनी नगरपालिका– ३ बस्ने बर्ष २४ को पुर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका– १ बस्ने बर्ष १९ को कुशल अधिकारी, नामथर वतन नखुलेको अन्दाजी बर्ष ३०÷४० कि महिला , अन्दाजी ३०÷३५ को पुरुष , अन्दाजी बर्ष ३५÷३६ को पुरुष रहेका छन् ।
यस्तै काठमाण्डौको किर्तिपुर नगरपालिका–९ बस्ने बर्ष ५२ को खड्क कुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका– २ बस्ने बर्ष १६ कि गिता जंजाली मगर, बाग्लुङकोे बर्ष १९ कि शुस्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिका बस्ने बर्ष अन्दाजी ६३ कि हरिकला गौडेल पनि घाईते भएका छन ।
त्यसै गरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ बस्ने बर्ष २२ कि अञ्जु राना मगर, गरुङ्गंगा गाउँपालिका–७ बस्ने बर्ष २९ को प्रविन पुन, बंगलादेशका नागरिक बर्ष ३२ को मोहमद हजिरहुल, म्याग्दी रघुगंगा गाउँपालिका–६ बस्ने बर्ष २३ कि रिना रानामगर , बाग्लुङको गलकोट बस्ने बर्ष ६८ कि ज्ञानु बुढामगर पनि घाईते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि केही व्यक्ति हराईरहेको हुन सक्ने आशंकामा गोताखोर टोलीले खोजी गरिरहेको छ । बसका सह चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–६ बस्ने बर्ष ३४ को रोशन तामाङलाई सकुशल उद्वार गरि नियन्त्रणमा राखिएकोे प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर आए लगत्तै नेपाली सेना, नेपाल प्रहरी , शसस्त्र प्रहरी,रेडक्रसकर्मी र स्थानीयवासीको टोलीले उद्धार शुरु गरेको थियो । घाइतेहरूको उद्धार गरी, तत्काल गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र मलेखु स्थित राजमार्ग अस्पतालमा प्राथमिक उपचार गराईएको थियो । घाइतेहरुको प्रारम्भिक उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना स्थल निकै साँघुरो ठाउँ भएकाले पटक पटक यहाँबाट सवारी साधन नदीमा खस्ने गरेको छ ।
घाईते अवस्थामा रहेका बस चालकका थापाका अनुसार बिपरित दिशाबाट तिब्र गतिमा आएको म्याजिकलाई साईड दिनेक्रममा दुर्घटना भएको हो ।