प्रधानमन्त्रीको पहलमा संसदको गतिरोध अन्त्य भएको हो : रक्षामन्त्री खड्का

67 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा संसदको गतिरोध अन्त्य भएको दाबी गर्नुभएको छ ।

आज बुधबार प्रतिनिधिसभा बैठकमा सर्वदलीय बैठकमा गरिएको दुई बुँदे सहमतिबारे जानकारी गराउँदै सो कुरा बताउनुभएको हो ।

प्रतिनिधि सभाको बैठकमा सुन तस्करीबारे अनुसन्धन गर्न दुई बुँदे सहमति भएकोबारेमा सदन समक्ष जानकारी गराउनुभयो । उपप्रधानमन्त्री खड्काले सो दुई बुँदे सहमतिले दलहरुबीच पुनः सहमति र एकताका साथ देश र जनताको पक्षमा काम गर्ने नयाँ संकल्प उजागर भएको पनि बताउनुभयो ।