संसद बन्द भएको सम्बन्धमा छानबिन हुनुपर्ने चित्रबहादुर केसीको माग

70 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद बन्द भएको सम्बन्धमा छानबिन हुनुपर्ने माग गर्नुभएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद केसीले संसद बन्दबारे छानबिन हुनुपर्ने माग गर्नुभएको हो ।

उहाँले देश अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बेला संसद् अवरोध गरिएको बताउनुभयो । केसीले संसद्प्रति दलहरु गम्भिर हुनुपर्ने भन्दै संसद अवरोध गर्न नहुने बताउनुभयो । उहाँले संसद् कसले बन्द गर्‍यो, किन बन्द भयो रु भन्दै प्रश्न गर्नुभयो । उहाँले देश गम्भीर अवस्थामा पुगेको बताउनुभयो ।