देश बिकास र आर्थिक क्रान्ति कांग्रेसको मूल एजेन्डा हुनुपर्छ : प्रकाशमान सिंह

63 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जुन राजनीतिक दलले ईतिहास बनाउन सकेकोछ उसलेनै ईतिहासको कुरा गर्ने बताउनु भएकोछ ।

आज कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ ले आयोजना गरेको एक कार्यक्रममा सिंहले जुन पार्टीले ईतिहासनै बनाउन सकेको छैन उसले कांग्रेस ईतिहासको मात्रै कुरा गर्छ भन्ने आरोपको पछि नलाग्न आग्रह गर्नु भयो ।

उहाँले नेपालको प्रजतान्त्रिक र लोकतान्तित्रक आन्दोलनका साथै परिवर्तनमा कांग्रेसले इतिहास रचेकै भएर इतिहासको कुरा गरेको बताउनु भयो । तर इतिहासको कुरासँगै कांग्रेसले जन चाहाना अनुरुप वर्तमान समय अनुसारको आफ्ना कार्यक्रम जनतामा लिएर जाने पनि नेता सिंहले बताउनुभयो ।

अब देश बिकास र आर्थिक क्रान्ति कांग्रेसको मूल एजेन्डा हुनुपर्ने भन्दै सिंहले जनताले अनुभव गर्नेगरी काम हुनुपर्नेमा जोड दिनुभयो ।