सुन तस्करी प्रकरणमा गृहले हटायो अध्यागमन विभागका महानिर्देशक

165 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाएको छ ।

सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग म्यासेजमा संवाद गरेको पाइएपछि महानिर्देशक अधिकारीलाई मन्त्रालयमा तानिएको गृह मन्त्रालयले जनाएको छ । उहाँलाई मन्त्रालयको जगेडामा राखिएको छ ।

अधिकारी गएको फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक हुनुहुन्थ्यो । दावा छिरिङसँग अधिकारीको पटक पटक च्याट भएका र सुन तस्करीका विषय जोडिएको स्रोतले जनाएको छ ।