मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउने गरी काम गर्नुपर्छ : ऊर्जा बस्नेत

89 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताउनुभएको छ ।

आज जल तथा मौसम विज्ञान विभागको कार्यालय अनुगमन गर्दै मन्त्री बस्नेतले यस आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताउनुभएको हो ।

उहाँले यसका निम्ति विगतको अनुभवसहितलाई समेत मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउनलाई ध्यान दिइने उल्लेख गर्नुभयो ।