अस्ट्रेलियाको भिसाबारे स्पष्टीकरण समीक्षा अधिकारी बोलिन्

148 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । गायिका समीक्षा अधिकारीले अस्ट्रेलियाको भिसाबारे स्पष्टीकरण दिएकी छन् । सामाजिक सञ्जालसहित सञ्चार माध्यममा विभिन्न दाबीसहितका समाचार आएपछि समीक्षाले भिसाबारे बोलेकी हुन् । उनले आफ्नो भिसाबारे कुनै निर्णय नआएको बताएकी छन् । बरु आफूबारे अनावश्यक हल्ला गरिएको भन्दै उनले आपत्ति जनाएकी छन् ।

सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा समीक्षालाई अस्ट्रेलिया सरकारले भिसा दिन अस्वीकार गरेको चर्चा भइरहेको छ ।

तर, समीक्षाले भिसाका लागि अहिले आफूले थप कागजात पठाएको बताएकी छन् । उनले आफू १८ वर्ष पुगिसकेकले ‘गार्जियन’ आवेदन दिएको विषय पनि भ्रामक रहेको बताएकी छन् ।

“अहिलेको मेरो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नुपर्ने स्थितिमा मैले पठाइसकेकी छु, भएको यति हो,” समीक्षाले फेसबुकमा भनेकी छन् ।

उनले आफूबारे आएका समाचारहरू हेरेर आफैँ आश्चर्यमा परेको समेत बताएकी छन् । “आज यतिमात्र भन्न चाहेँ कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुटो हो I मलाई अहिले तिज कार्यक्रमको लागी दिदी बहिनी इभेन्टले बोलाएको हो,” समीक्षाको भनाइ छ ।