यहि ११ गते संसदीय समितिका सभापतिको निर्वाचन

189 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते सोमवार हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले समितिका सभापतिको निर्वाचन भदौ ११ गते दिउँसो ३ बजे हुने जानकारी गराउनुभयो । निर्वाचनका लागि प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी प्रतिनिधिसभाको नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते निर्धारण गरिएको सभामुख घिमिरेले जानकारी गराउनुभयो । त्यसका लागि भदौ ८ गतेभित्र लिखितरूपमा प्रश्न दिन सकिने छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १२ गते बिहान ११ बजे बजे बस्नेछ ।