MCC का दुई उच्च पदस्थ नेपाल आउँदै, अगस्ट ३० सम्ममा पुर्व तयारी सक्ने

228 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन MCC का दुई उच्च पदस्थ अधिकारीहरुले नेपाल भ्रमण गर्ने भएका छन् । MCC की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र कम्याक्ट अपरेसन विभागका उपाध्यक्ष क्यामरुन अल्फोर्डले एक महिनाको बीचमा नेपाल भ्रमण गर्न लागेको एक उच्च कूटनीतिक स्रोतले जनाएको छ ।

उपाध्यक्ष अल्फोर्डले नेपालमा MCC सम्झौता कार्यान्वयनमा जाने  Entry into force-EIF दिनको अवसर पारेर नेपालको भ्रमण गर्ने छन् । सीईओ अल्ब्राइटले भने एमसीसी कार्यान्वयनमा गइसकेपछि आगामी अक्टोबरमा नेपाल भ्रमण गर्न लागेको हो।

नेपालमा MCC को अनुदानको परियोजना सञ्चालन गर्ने मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (MCA-Nepal) को सञ्चालक समिति बैठकले आगामी ३० अगस्टबाट परियोजना कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।

बोर्डले गरेको यो निर्णयसँगै EIF को अवसरमा हुने कार्यक्रममा उपाध्यक्ष अल्फोर्ड सहभागी हुनेछन् । नेपाल भ्रमणका क्रममा उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलगायतका सरकारी अधिकारीहरुसँग भेटघाट पनि गर्ने परराष्ट्र मन्त्रालय स्रोतले  जानकारी दिएको छ ।