नेकपा एमाले धादिङको प्रशिक्षण धादिङबेसीमा शुरु

159 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- नेकपा एमाले धादिङको आयोजनामा राजनैतिक तथा वैचारिक प्रशिक्षण शुक्रवारबाट धादिङबेसीमा शुरु भएको छ ।

शुक्रवार नेकपा एमालेका केन्द्रिय लेखा आयोग अध्यक्ष एवम पार्टी स्थायी समिति सदस्य डाक्टर पुष्प कँडेलले प्रशिक्षणको उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा नेकपा एमालका केन्द्रिय सदस्य एवम स्कुल विभाग उपप्रमुख इश्वरी रिजाल, केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाका साथै केन्द्रिय सदस्य द्धय धादिङ क्षेत्र नम्बर १ पालिका इन्चार्ज जानुका सिम्खडा, क्षेत्र नम्बर २ पालिका इन्चार्ज रेशम लामा, पाटी केन्द्रिय सल्लाहकार परिषद सदस्य जगन्नाथ नेपाल र रामप्रसाद अधिकारीको आतिथ्य रहेको थियो ।

तीन दिन सम्म चल्ने प्रशिक्षणमा डाक्टर कँडेलका साथै एमाले केन्द्रिय स्कुल विभागका उप प्रमुख इश्वरी रिजाल , धादिङका इञ्चार्ज एवम केन्द्रिय सदस्य धर्मदत्त देवकोटा लगायतका केन्द्रिय नेताहरुले पार्टीको सद्धान्तिक पक्ष, साँगठनिक गतिविधि लगायतका बिषयहरुमा प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिनु भयो ।

प्रशिक्षणमा धादिङ जिल्लाका केन्द्रिय विभागका सदस्यहरु प्रदेश कमिटीका सदस्यहरु जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, गाउँपालिका कमिटीका अध्यक्ष र सचिवहरुको सहभागिता रहेको छ ।

प्रशिक्षण कार्यक्रमले पार्टीका नेतालाई अझै गतिशलि र क्रियाशिल हुन सहयोग पुग्ने पार्टी जिल्ला अध्यक्ष भूमि त्रिपाठीले वताउनुभयो ।