बाग्मती नदीमा महाजलयात्रा सम्पन्न

114 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – बाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बाग्मती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ ।

नेपाल एसाेसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डोलमा रहेकाे बाग्मती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो ।

नाराका उपाध्यक्ष शिशिर खनालले बाग्मती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको बताउनुभयो।