पिकनिक गएका दुई जना त्रिशूलीमा बेपत्ता

190 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

९ भाद्र २०८०, शनिबार

चितवन । चितवनमा पिकनिक गएका दुई जना त्रिशूली नदीमा बेपत्ता भएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाट नजिकैबाट उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन् । वनभोज खान गएका उनीहरू त्रिशूली नदीमा मुखधुने क्रममा दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • सांकेतिक तस्बिर