धादिङ जिल्ला स्तरीय अन्तर क्याम्पस बुद्धिचाल प्रतियोगिता हुंदै

197 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज 

गल्छी ( धादिङ) ११ भाद्र ।

धादिङ जिल्ला स्तरीय अन्तर क्याम्पस बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
धादिङको गल्छीमा रहेको नमुना बागेश्वरी बहुमुखी क्याम्पसको आयोजना तथा धादिङ जिल्ला बुद्धिचाल संघको सहकार्यमा भाद्र १६ गते शनिवारका दिन प्रतियोगता संचालन हुन लागेको क्याम्पस प्रमुख बलराम खतिवडाले बताउनुभयो।

प्रतियोगिताको विजेताले १० हजार दोस्रो हुनेले ७ हजार, तेस्रो हुनेले ४ हजार र चौथो हुनेले ३ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन । यसै गरी उत्कृष्ट महिलाले २ हजार रुपैयाँ पाउनेछन ।

जिल्ला भित्र रहेका सबै क्याम्पसमा पत्राचार गरी जानकारी गराईसकिएकोले जिल्ला भित्रका क्याम्पसबाट सिफारिस भई आएका खेलाडीले प्रतियोगतामा भाग लिन सक्ने आयोजकले जनाएको छ ।