सारुक ताम्राकार मृत्य प्रकरणमा प्रहरीलाई सघाउन नम्रता श्रेष्ठ तयार, लेखिन् फेसबुकमा स्टाटस

126 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्य प्रकरणमा बोलेकी छिन् । उनले प्रहरी प्रशासनलाई सहयोग गर्न आफू तयार रहेको बताएकी छन् ।

सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकाले आफूमाथि सामाजिक आक्रमण भएको उल्लेख दाबी गरेकी छन् ।

‘अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नगरौँ, जस्टिस फर सारुक निष्पक्ष छानबिन होस,’ उनले भनेकी छन्, ‘म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सपोर्ट रहने छ ।’

कपोकल्पित तवरले देशै छाडेर क्यानडातिर गएको जस्ता फण्डाहरू फिजाइएको तर आफू कही नगएर देशमै रहेको उनको प्रष्टोक्ति छ ।