प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा यसअघिका सहमति–समझदारी कार्यान्वयनमा जोड दिइने
174 पटक पढिएको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिने बताउनुभएको छ ।
आज मंगलबार प्रतिनिधि सभामा सांसदहरुसँग भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताउनु भएको हो । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री दाहालसँग प्रश्न गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिने बताउनुभयो ।
नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने र नाकालाई सघन बनाउनुका साथै सहयोग विस्तारबारे पनि चिनियाँ पक्षसँग सम्वाद गर्ने प्रधानमन्त्रीले बताउनुभयो । त्यसैगरी प्रधानमन्त्री आफ्नो दाहालले चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने उल्लेख गर्नुभयो ।