बाराको कलैयामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

113 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । बाराको कलैया उपमहानगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्र.२–०३–००७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा प्रसौनी गाउँपालिका १ बस्ने ३२ वर्षीय रबी गुप्ताको मृत्यु भएको हो ।

दुर्घटनमा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल प्रसौनी हुँदै थप उपचारको लागि एनएमसी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।