पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानलाई धरौटीमा रिहा गर्न आदेश

127 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज /२०८० भदौ १३ गते

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामाबाद उच्च अदालतले आदेश दिएको छ ।

अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष समेत रहेका सत्तरी वर्षीय  पूर्वप्रधानमन्त्री खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेकोलगायत मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । उक्त निर्णयले उनलाई पाँच वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो ।

मुख्यन्यायाधीश आमिर फारुक र न्यायाधीश तारिक महमूद जहाँ–गिरीको इजलासले इस्लामावादको ट्रायल कोर्टको निर्णय उल्ट्याएको हो ।