जितबहादुर १५ किलो लागु औषध गाँजा सहित पक्राउ
571 पटक पढिएको

धादिङ,१३ भदौ ।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बराडाँडाका बर्ष ३८ को जित बहादुर रोक्का १५ किलो लागु औषध गाँजा सहित पक्राउ परेका छन ।
मंगलबार दिउँसो वेनिघाट रोराङ गाउँपालिकाको बिशालटारबाट रोक्का पक्राउ परेका हुन । सडकमा शंकास्पद अवस्था हिंडिरहेका रोक्कालाई चेकजाँच गर्ने क्रममा निजको साथमा रहेको बोराबाट अंन्दाजी १५ किलो लागु औषध गाँजा फेला परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । पक्राउ परेका रोक्का माथि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।