एमसीसी आजदेखि लागू हुँदै, पाँच वर्षे अवधि गणना आजबाट शुरु

77 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज /१३ भदौ २०८०

काठमाडौँ । बहुचर्चित अमेरिकी सहयोग परियोजना (एमसीसी) आजबाट नेपालमा पूर्ण रुपमा लागू भएको छ ।

अर्थ मन्त्रालय र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज (कम्प्याक्ट) आजदेखि पूर्ण रुपमा कार्यान्वयनमा गएको हो ।

एमसीसी नेपाल कम्याक्टअन्तर्गत कार्यान्वयन हुने विद्युत् प्रशारणलाइन र सडक निर्माणसम्बन्धी आयोजनाको काम इआईएफ मिति घोषणा भएको पाँच वर्षभित्रमा सम्पन्न गरी सक्नुपर्नेछ । यसरी पाँच वर्ष गणना थालिने अवधि आजको दिनदेखि लागु हुनेछ ।

एमसिसीअन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ। एमसिसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत प्रसारण लाइन, विद्युत सबस्टेशन र सडक मर्मत आयोजना रहेका छन्।

एमसिसिका पक्षमा सत्तामा रहेका दलहरु एकैठाउँमा देखिएपनि दलका नेताहरुको भने फरक फरक धारणा रहेको छ ।