सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

172 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज /  १३ भदौ २०८०

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन ।  भेप (विद्युतीय चुरोट)मार्फत सुन तस्करी गरेको आरोप लागेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  बाबु कृष्ण महराकै सामु काठमाडौँस्थित निवासबाटै बुधवार पक्राउ गरेको हो ।

भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको समेत कनेक्सन देखिएको आरोप लागेको छ । । सुन तस्कर चिनियाँ नागरिकसँग नेता महरा र राहुलले पटकपटक सम्पर्क गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो ।

सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वाङसँग नेता महरा र उनका छोरा राहुलको बारम्बार सम्पर्क रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सिआइबीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोराको सुन तस्करसँग सम्बन्ध देखिएको  पाइएको छ ।