घाटबेसीमा बस भित्तामा ठोक्किंदा ९ जना घाईते

94 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१४ भदौ । चितवन बाट काठमाण्डाका लागि छुटेको ना ८ ख ८६९६ नं को बस धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसी स्थित पृथ्वीराजमार्गमा दुर्घटना हुंदा ९ जना घाईते भएका छन ।

विहिवार विहान १०.२० वजेको समयमा बस एक्कासी अनियन्त्रित भई भित्तामा ठोक्किदा बसमा सवार २९ जना मध्ये ९ जना घाईते भएका हुन । घाईतेहरुको उपचार गजुरी प्राथामिक स्वास्थ्य केन्द्रमा भईरहेको छ । इलाका प्रहरी कार्यालय गजुरीले बस र चालक नियन्त्रणमा लिएको जनाएको छ ।