मनसुन अवधिमा बाढी, पहिरो र चट्याङमा परेर ७३ जनाको मृत्यु

112 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

१४ भदौ, २०८०।

काठमाडौं । यस वर्ष मनसुन अवधिको जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङमा परेर देशभर ७३ जनाको ज्यान गएको छ । यस अवधिमा एक सय दुई जना घाइते हुनुका साथै २० जना बेपत्ता भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका थिए।

विपद्का घटनामध्ये बाढीमा परी १२ जनाको मृत्यु, सात घाइते र २१ बेपत्ता भएका थिए। यस्तै पहिरोमा परी ३८ जनाको

, ४० घाइते र नौ बेपत्ता भएको कार्यकारी प्रमुख पोखरेलले बताए। भारी वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको मृत्यु र ४३ घाइते भए।

यस वर्षको बाढी पहिरोबाट ३२६ दशमलव ८३ मेघावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२ दशमलव ७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पूगेको छ। त्यसबाट झण्डै रु आठ अर्ब ५० करोड क्षति पुगेको अनुमान गरिएको छ।

मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा रु ४० करोड बराबरका भौतिक पूर्वाधारमा क्षति भएको तथ्याङक छ।